मङ्गलबार, कात्तिक २ २०७८ ०५:४३ AM

×

प्राधिकरणको महानिर्देशकका लागि तीन जनाको नाम प्रधानमन्त्री देउवाको कोटमा, कसलाई गर्लान नियुक्ति ?

images

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका लागि तीन जनाको प्रतिस्पर्धा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा सामू अहिले तीन जनाको नाम सिफारिस भएको छ ।

बालुवाटार स्रोतका अनुसार निमित्त महानिर्देशक राजकुमार क्षेत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारी र प्राधिकरणकै उपमहानिर्देशक भोलाप्रसाद गुरागारईंको नाम सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषदको बैंठकमा महानिर्देशक नियुक्त गर्नेछन् । सिफारिसमा परेका उपमहानिर्देशकहरु क्षेत्री पुस २५ गते र गुरागाईं फागुन २७ अवकाश हुँदै छन् ।

आइतबार​ १० असोज २०७८ ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया