मङ्गलबार, कात्तिक २ २०७८ ०५:५२ AM

×

४० प्रतिशतले खोपको मात्रा पूरा गरे, अब रेड जोनबाट हटाउने पहल गर्नुपर्छ

images

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल(हान)ले नेपाललाई रेड जोनबाट हटाउने पहल गर्न सरकारलाई अनुरोध गरेको छ ।

विश्व पर्यटन दिवसको अवसरमा हानले जारी गरेको विज्ञप्तिमा मुुलुकमा पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको उल्लेख गरेका छन् ।

योसँगै विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थासम्बन्धी आदेश २०७८ को शीघ्र पूर्णरुपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानका लागि सहजीकरण गर्न अनुरोध गरेको छ ।

‘विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन हामी सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि यसैसाथ प्रतिबद्धता व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

 

आइतबार​ १० असोज २०७८ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया