मङ्गलबार, कात्तिक २ २०७८ ०५:४९ AM

×

आईएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता केशव र विशालले पाए दोब्बर रकम

images

काठमाडौं । आईएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् ।

दुवै विजेताले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफरअनुसार आईएमईले निजहरुको सिफारिसमा उनीहरूका निकटका आफन्तलाई क्रमशः ८३ हजार १४ र  ९६ हजार ४० रुपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ ।

आईएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर असोज १ देखि कार्तिक २६ सम्म कुल ५७ दिनका चल्नेछ ।

 

आइतबार​ १० असोज २०७८ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया