चेम्बर एक्सपो : स्वदेशीदेखि विदेशी समानसम्म (फोटोफिचर)

एक सय ९० ओटा स्टलको सो मेलामा गुणस्तरीय सामानकाे प्रयोग तथा उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्राथमिकता दिएको आयोजकले जानकारी दिए ।

काठमाडौं : म्यानमारकी नेतृ आङ्साङ् सुकीबाट बिहीबार उद्घाटन भएको चौथो ‘अन्तर्राष्ट्रिय चेम्बर मेला २०१८’ मा अटोमोबाईल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम अप्लाएन्सेस लगायतका स्टल राखिएका छन् । भृकुटीमण्डपमा सोमबारसम्म चल्ने मेलामा निर्यात प्रवद्र्धन तथा वैदेशिक लगानी आकर्षण गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

एक सय ९० ओटा स्टलको सो मेलामा गुणस्तरीय सामानकाे प्रयोग तथा उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्राथमिकता दिएको आयोजकले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्शको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा भएको सो मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापानलगायतका देशहरुको सहभागिता छ ।

मेलामा नेपालमा उत्पादन भएका विभिन्न कपडा, तरकारी, धागो, दाल, मोबाइल, हस्तकला, मूर्तिकलाका सामान, कार्पेट, भाडाकुडालगायतका सामान छन् । एक्स्पोमा चीनका मात्र ५० ओटा स्टल छन् भने २० ओटा स्टल म्यानमारका छन् ।