no-image

नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं : काठमाडौंको मैतीदेवीमा रहेको एक सहकारीबाट ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

सेफको ताला फुटाएर सहकारीको रकम चोरी भएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘दिउँसै भएको चोरीबारे हामी अनुसन्धान गर्दै छौं, घटना गम्भीर प्रकारको छ,’ उनले भने ।