स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत पूर्वपक्षका लागि थुनामा

गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले केही दिन अगाडि मात्र खारेज गरेको थियो ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए।

गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले केही दिन अगाडि मात्र खारेज गरेको थियो । पटक पटक सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको थियो ।

उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ ।