एक वर्षभित्र देशभरी फोरजी मोवाइल सेवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोरजी विस्तार कार्य शुरु गर्न लागेको छ ।”

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोरजी) को विस्तार एक वर्षभित्र सकिने बताएका छन् । उनले एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोरजी विस्तार कार्य शुरु गर्न लागेको छ ।”

“अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।

उनले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको चर्चा गर्दै सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो नरहेको धारणा व्यक्त गरे ।

संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको छ भने।