एमजी एक्सचेन्ज अफर सुरु

कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस भन्ने ट्यागलाईनका साथ अटोमोबाइल

नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक, पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि आज देखि२१ गतेदेखि २३ गतेसम्म नेपाल अधिराज्यभर एमजी एक्सचेन्ज अफर ल्याएको छ । कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, आकर्षक छुट ( डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ । एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।