काठमाडौं । बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याइएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।
पश्चिम नेपालको व्यावसायिक हवका रूपमा रहेको नेपालगन्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए ।
अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताए ।
‘मोफसलका ग्राहकलाई समेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हााैं, अध्यक्ष शर्माले भने, हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’
यो मार्टमा उपकार ब्रान्डलगायतका अन्य विभिन्न ब्रान्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, ध्यू, मह, जुसलगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपुर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेसनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा विशेष छुटसमेत व्यवस्था गरेको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त सेयर सदस्यलाई प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ ।
उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सवै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको हो ।