नेपाल आइडलको भोटमा चलखेल, रविको भोट अमितलाई

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन–२’ अन्तर्गत हिजो (बिहीबार) बाँकी पाँचै जनाले आआफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले भोटिङका लागि प्रस्तुति दिएका हुन् ।

बिहीबारको प्रस्तुतिको आधारमा प्रतिस्पर्धीले भोट पाउने छन् । र, कम भोट पाएको प्रतिस्पर्धी आइडलको मञ्चबाट विदा हुने छ । ‘टप फोर’ का लागि भएको प्रतिस्पर्धामा रवि ओडले एक ठाउँमा गरेको थोरै गल्तिबाहेक शुक्रबारको अंक समग्रमा गज्जब रह्यो । नयाँ गीत, त्यही माथि झट्ट गाउँदा रवि केही अलमलिएका थिए ।


निर्णायकले पनि रविप्रति उत्साह थप्न कहिलेकाहिँ गल्ति हुन्छ तर त्यसबाट पाठ सिक्नुपर्छ भन्दै सुझाब दिएका थिए । विगतका अंकमा ‘दमदार’ प्रस्तुति दिदैं सर्वा्धिक भोट पाएका रविले हिजोको प्रस्तुतिबाट पनि त्यहीँ अपेक्षा गरेका छन् । तर, दुर्भाग्य आज रविलाई जानुपर्ने भोट अर्कै प्रतिस्पर्धीलाई गएको देखिएको छ ।

नेपाल आइडलका कन्टेस्टेन्ट नम्बर १० का रवि वडलार्इ भोट गर्दा अमित बराललार्इ गएको नोटिफिकसन आएपछि भोटिङमा चलखेल भएको खुलेको हो। शुक्रबार राति १० नम्बरमा एसएमएस तथा रेस्पेक्ट एन्ड राइज एपबाट भोट गर्दा रविलार्इ नै भोट गएको नोटिफिकसन आएपनि शुक्रबारको बिहानैदेखिको भोटिङमा अमितलार्इ नोटिफिकसन आएको हो। अमितको भोटिङ कोड ०१ हो।