×

पर्यटन क्षेत्र चलायमान बनाउन ‘मेगा इभेन्ट’ गर्ने बेला आएको छ

images

विश्वभर अहिले कोभिड संक्रमणदर न्यून हुँदैछ । कोभिड नियन्त्रणका लागि खोपको प्रभावकारीता बढ्दै गएको छ । खोपको थप प्रभावकारीता बढाउन बुस्टर डोजसमेत लगाउने कामले तीव्रता पाएको छ । केही महिनाअघि मात्र कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यही भाइरस नै कोभिडको अन्तिम रुप हुन सक्ने बताएको थियो । 

तर, उसले कहिलेसम्म कोभिड पूर्णरुपमा नियन्त्रणमा आउने यकिन भने गरिसकेको छैन ।

डब्ल्यूएचओको पछिल्लो भनाइ र ओमिक्रोनको प्रभाव न्यून देखिएसँगै नयाँ आयाम, नयाँ जोस सुरु हुन थालेको छ । मानिसहरुमा आशा सञ्चार हुन थालेको छ । लामो समयदेखि कोभिड प्रभावले विश्व अर्थतन्त्र नै डामाडोल भइरहेको अवस्थामा अहिले संक्रमण कम हुँदै जानुले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा केही आशा गर्न सकिने देखिएको छ ।

गत वर्षको बजेटमा विदेशीहरुलाई नेपालमा १ महिनाका लागि भिसा शुल्क निःशुल्क गर्नेे घोषणा गरेको थियो । तर, अहिलेसम्म कार्यन्वयनका लागि कार्यविधि नै तयार भएको छैन । विदेशीले भने नेपालले १ महिनाको भिसा शुल्क छुट गर्ने जानकारी पाइसकेका छन् । अतः उनीहरुले नेपालबारे जानकारी लिँदा १ महिनाको छुटको विषयमा पनि चासो राख्ने गरेका छन् । उनीहरुले चासो राखे पनि व्यवसायीहरुले ठोस उत्तर दिन भने सकिरहेका छैनन् ।

संक्रमण मत्थर हुँदै गएपछि पर्यटनमा निर्भर मुलुकहरुले विभिन्न योजनाहरु बनाउन थालेका छन् । आफ्नो मुलुकमा पर्यटन क्षेत्रको गतिविधि बढाउन विशेष प्याकेज घोषणाको तयारी गरिरहेका बेला नेपालले पनि त्यस विषयमा केही नयाँ काम गर्ने बेला भएको छ । 

अहिले पनि पर्यटकीय गन्तव्यका रुपमा हेरिने दुबई, थाइल्यान्ड, बाली, माल्दिभ्स, सिंगापुरलगायतका मुलुकमा पर्यटकहरुका लागि खुला छ ।
कोभिड संक्रमण तीव्र भएका बेला पनि ती मुलुकहरुले पर्यटकहरुलाई सुरक्षित रुपमा स्वागत गरेका थिए । नेपालबाट पनि धेरै नेपालीहरु दुबई, माल्दिभ्स, बालीजस्ता मुलुकमा घुमफिरका लागि पुगेका थिए । अहिले पनि नेपालीहरु त्यस क्षेत्रमा जाने र जान चाहनेको संख्या धेरै रहेको छ । 

यससँगै विदेशबाट नेपालमा आउन चाहने पर्यटकहरूको संख्या पनि उत्तिकै छ । तर, नेपालले विदेशी पर्यटकहरुलाई स्वागत गर्ने कुनै ठोस कार्यक्रम लागू गर्न सकेको छैन । बजेटमै उल्लेख गरेका विषयहरुसमेत कार्यन्वयनमा ल्याउन सकेको छैन । 

गत वर्षको बजेटमा विदेशीहरुलाई नेपालमा १ महिनाका लागि भिसा शुल्क निःशुल्क गर्नेे घोषणा गरेको थियो । तर, अहिलेसम्म कार्यन्वयनका लागि कार्यविधि नै तयार भएको छैन । विदेशीले भने नेपालले १ महिनाको भिसा शुल्क छुट गर्ने जानकारी पाइसकेका छन् । अतः उनीहरुले नेपालबारे जानकारी लिँदा १ महिनाको छुटको विषयमा पनि चासो राख्ने गरेका छन् । उनीहरुले चासो राखे पनि व्यवसायीहरुले ठोस उत्तर दिन भने सकिरहेका छैनन् ।

कम्तीमा सरकारको नीति तथा कार्यक्रममा आएका विषयहरुलाई तत्कालै कार्यन्वयनमा लैजान सकियो भने विश्वमा सकारात्मक प्रभाव पर्छ । निर्णय गर्ने तर कार्यन्वयन नगर्ने बानीका कारणले विश्वबजारमा नेपालको साख नै गिर्ने अवस्थामा पुगिसकेको छ । 

नेपाललाई विश्वबजारमा ‘एडभेन्चर टुरिजम’ का लागि सबैभन्दा राम्रो मुलुकको रुपमा राखेकोले त्यसैसँग सम्बन्धित कार्यक्रमहरु घोषणा गर्न र प्रचारप्रसारलाई तीव्र बनाउन ढिला गर्नुहुँदैन । अन्य मुलुकले पनि आन्तरिक तयारी गरिरहेका छन् । नेपालले तत्कालै घोषणा गरी आवश्यक तयारी गर्न सकेको खण्डमा कोमामा गएको नेपालको पर्यटन व्यवसायले पुनः लय समात्न सक्छ ।

अब विगतका कुरालाई मनन गर्दै नयाँ योजना ल्याउने बेला भएको छ । यसका लागि निजी क्षेत्र सधैं तयार रहे पनि नीतिनियम बनाउने निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले विशेष तयारी थाल्नुपर्छ । यसअघि भिजिट नेपाल २०२० कोभिडका कारणले प्रभावित भए पनि विश्वबजारमा नेपालको पर्यटनका विषयमा धेरै चर्चा ल्याएको थियो । फेरि त्यस्तै किसिमको ‘मेगा इभेन्टको प्लानिङ’ गर्ने बेला आएको छ । अबको दुईदेखि तीन वर्ष भित्रमा मनाउने गरी अहिलेदेखि नै योजना बनाएर कार्यान्वयनमा लैजान आवश्यक तयारी थाल्नुपर्छ ।

नेपाललाई विश्वबजारमा ‘एडभेन्चर टुरिजम’ का लागि सबैभन्दा राम्रो मुलुकको रुपमा राखेकोले त्यसैसँग सम्बन्धित कार्यक्रमहरु घोषणा गर्न र प्रचारप्रसारलाई तीव्र बनाउन ढिला गर्नुहुँदैन । अन्य मुलुकले पनि आन्तरिक तयारी गरिरहेका छन् । नेपालले तत्कालै घोषणा गरी आवश्यक तयारी गर्न सकेको खण्डमा कोमामा गएको नेपालको पर्यटन व्यवसायले पुनः लय समात्न सक्छ ।

यसअघि २० लाख पर्यटकका लागि आवश्यक पूर्वाधार निजी क्षेत्रले निर्माण गरिसकेको अवस्थामा अब सरकारको साथ र सहयोगमा कार्यक्रम घोषणा गरी अघि बढ्दा हुन्छ । त्यसका लागि सरकारले निजी क्षेत्रलाई अघि बढ्न निर्देश गरे हामी सबै जना तयारी अवस्थामा छौं । 

अहिले पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र सुधारका लागि कार्यदल बनाएको छ । सो कार्यदलले पनि नयाँ इभेन्टका लागि सुझाव दिन्छ भन्ने अपेक्षा लिएका छौं ।

पर्यटकहरुका लागि सरकारले अघि सारेको नीति– नियमको विषयमा पर्यटकहरुले जानकारी लिइरहेका छन् । यस्तै उनीहरुले नेपालको झन्झटिलो प्रक्रियामाथि प्रश्नसमेत उठाउँदै आएका छन् । अहिले सरकारले विदेशी पर्यटकलाई नेपाल आउँदा अनिवार्य रुपमा पीसीआर परिक्षण गराउनुपर्ने, क्वारेन्टाइन बस्नुपर्ने र सीसीएमसीको फाराम भर्नुपर्ने प्रावधान अघि सारेको छ । 

अन्य मुलुकमा सहजै पर्यटकहरुलाई आवतजावत गर्न दिइरहेका बेला नेपालले पनि खोपको मात्रा पुर्याएकाहरुलाई खुला रूपमा आउन दिनुपर्छ । यसतर्फ सरकारले तत्कालै आवश्यक कदम चाल्न सके आगामी सिजनमा धेरै पर्यटकहरुलाई नेपालमा ल्याउन सकिन्छ । 

(साह, एयरपोर्ट होटलका सञ्चालक एवं होटल एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्षसमेत हुन् )

सोमबार १६ फागुन २०७८ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया