बिराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले ‘मेरो देश, मेरै उत्पादन’ को अभियान सञ्चालनमा ल्याएको छ ।
अभियानलाई जनस्तरसम्म पुर्याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर तथा राज्यमन्त्री कला घलेलाई आज संयुक्त रुपमा हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियानको आरम्भ गरेको छ ।
सो अवसरमा मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधैँ लागिपर्नेछु भत्रे चारबँुदे प्रतिबद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले राष्ट्रव्यापीरुपमा गत चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ भएको जानकारी दिए।
मेरो देश, मेरै उत्पादन’ अभियानलाई दोस्रो चरणमा प्रारम्भ हुँदा दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गरिएको छ । अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास लिइएको छ ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोहीअनुरुपको व्यवस्था गर्न आग्रह गरे।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्गठन र सङ्घले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानको कार्यान्वयनमा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।