×

नेपाली बजारमा ‘रियलमी नार्जो ५०आई प्राइम’ लन्च, मूल्य कति ? 

images

काठमाडौं । नेपाली बजारमा औपचारिक रूपमा ‘रियलमी नार्जो ५०आई प्राइम’ लन्च भएको छ ।  ‘रियलमी नार्जो ५०आई प्राइम’ रियलमी नार्जो ५० सिरिजकै एक नयाँ भेरियन्ट हो । रियलमी नार्जो ५०, रियलमी नार्जो ५०ए, रियलमी नार्जो ५०ए प्राइम र रियलमी नार्जो ५०आई यसअघि नै नेपाली बजारमा सार्वजनिक भइसकेका छन् ।

यो फोनको लम्बाइ १६४.१ मिलिमिटर रहेको छ भने चौडाइ ७५.६ मिलिमिटर रहेको छ । यस फोनको तौल १८२ ग्राम रहेको कम्पनीले जनाएको छ । यस फोनमा ६.५ इन्च आइपिएस एलसिडी डिस्प्ले रहेको छ । 

‘रियलमी नार्जो ५०आई प्राइम’ गाढा निलो र मिन्ट हरियो रंगमा उपलब्ध छ भने फिन्गरप्रिन्टको सुविधा उपलब्ध छैन । फोनमा ८ एमपीको प्राथमिक ब्याक क्यामेरा छ भने ५ एमपीको सेल्फी क्यामेरा रहेको छ । 

रियलमी नार्जो ५०आई प्राइममा ५,००० एमएएच नन् रिमोभेबल ब्याट्री व्यापक छ । यसले द्रुत चार्जलाई सपोर्ट गर्दैन भने १० वाट चार्जर सपोर्ट गर्छ । यस स्मार्टफोनमा दुई सिमकार्ड चलाउन सकिन्छ भने ४जी नेटवर्क पनि सपोर्ट गर्छ ।

‘रियलमी नार्जो ५०आई प्राइम’ फोन हाल दुई भेरियन्टमा उपलब्ध छ । जसमा ३ जिबि र्यामको ३२ जिबि आन्तरिक भण्डारण भएको एक भेरियन्ट र ४ जिबी र्यामको ६४ जिबिको अर्को भेरियन्ट छ । यसमा मेमोरी कार्डको लागि पनि एक स्टलको व्यवस्था छ । 

रियलमी नार्जो ५०आई प्राइम ३/३२ जिबीको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ छ भने ४/६४ जिबि भेरियन्टको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । 
 

सोमबार १२ मंसिर २०७९ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया