×

चालू पुँजी कर्जा ७ दिन निल नगरे बैंकले सतप्रतिशत प्रोभिजन गर्नुपर्ने

images

काठमाडौं । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ लागू हुनुपूर्व प्रदान गरिएका चालू पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पालाना गरेर नगरे बैंकमाथि कडा कारबाही हुने भएको छ । 

मार्गदर्शनको पूर्ण पालना नगरी बैंकहरुले चालू पुँजी कर्जा नबीकरण गरेको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने नियम केन्द्रीय बैंकले ल्याएको छ । 

बैंक तथा वित्तीय संस्थाले २०७९ कात्तिक १ गतेदेखि चालू पुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण, वा पुनरावलोकन गर्दा केन्द्रीय बैंकबाट जारी मार्गदर्शनअनुरुप हुनुपर्ने व्यवस्था पनि गरेको छ । 

केन्द्रीय बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को बुँदा न ७ मा भएको भेरिएन्ससम्बन्धी व्यवस्था मार्गदर्शन लागू नहुने केन्द्रीय बैंकको एकीकृत निर्देशनमा उल्लेख छ । 

केन्द्रीय बैंकले कात्तिक १ बाट लागू गर्न खोजेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमाथि व्यवसायीले विरोध गर्दै आएका थिए । तर, केन्द्रीय बैंकले उनीहरुको विरोधको वेवास्ता गर्दै केन्द्रीय बैंकले निर्देशन जारी गरेको हो । 

पूर्णपाठ

शुक्रबार​ १४ असोज २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया