×

सानिमा बैंकको १४ मर्चेन्टसँग काराेबार गर्दा २० प्रतिशत छुट

images

काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरूसँग छुटकाे व्यवस्था गरेको छ। 

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु/सेवाहरूको खरिदमा विशेष छुट पाउने छन्। 

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक, द पनाछें विउटी स्टुडियो एन्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट, तुसाल मल्टि भेन्यू, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसँग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटबारे बैंकको वेबसाइट सानिमा बैंक डटकममा उपलब्ध छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरू संचालनमा रहेका छन्। 
 

बुधबार १४ मंसिर २०७९ ०५:५३ PM मा प्रकाशित

प्रतिक्रिया