काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनामा नेपालमा करिब ८ अर्ब रुपैयाँको १ हजार ११६ किलोग्राम सुन आयात भएको छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिककाे भन्सार विभागले सार्वजनिक गरेकाे विवरणअनुसार तीन देशबाट ७ अर्ब ९५ करोड १८ लाख ७२ हजार रुपैयाँको सुन आयात भएको छ ।
विभागका अनुसार नेपालमा स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स र टर्की गरी ३ देशबाट नेपालमा सुन आयात भएको छ ।
यसमध्ये टर्कीबाट १५० किलोग्राम सुन आयात भएको छ । यसैगरी स्विट्जरल्यान्डबाट १०० किलोग्राम र संयुक्त अरब इमिरेट्सबाट ८६६.५४ किलोग्राम सुन आयात भएको विभागले जनाएको छ ।
सरकारले साउनदेखि कात्तिकसम्म कुल ९४ करोड ९० लाख ६६ हजारको राजस्व संकलन गरेकाे विभागले जनाएको छ । सरकाले अहिले सुन आयातका लागि वाणिज्य बैंकहरूलाई मात्र अनुमति दिएको छ । साेहीअनुसार वाणिज्य बैंकहरूले पालैपालो सुन आयात गर्छन् ।
प्रतिक्रिया