आयल निगमले इन्धनको मूल्य समायोजन गरेपछि  हवाई भाडा ४४० रुपैयाँसम्म घट्यो, कुन ठाउँको कति (सूचीसहित)

हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको शुक्रबार बसेको बैठकले पुस २९ गतेबाट लागू हुनेगरी आन्तरिकतर्फको हवाई भाडादर घटाएको हो ।

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले हवाई इन्धनको मूल्य समायोजन गरेपछि आन्तरिक उडानको हवाई भाडा घटेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले हवाई इन्धनको मूल्य घटेको घोषणा गरेका थिए ।

मन्त्रीले घोेषणा गरेलगत्तै नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। साविकको बिक्री मूल्य १०४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको शुक्रबार बसेको बैठकले पुस २९ गतेबाट लागू हुनेगरी आन्तरिकतर्फको हवाई भाडादर घटाएको हो । घटेको मूल्यअनुसार काठमाडौंबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटेको जनाएको छ ।

कहाँ कति भाडाँदर छ हेर्नुस्
माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ