नयाँ अवतारमा कियाको नयाँ स्पोर्टेज कार, मूल्य ६९ लाख ९० हजारदेखि सुरु

ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषताहरु यसमा समावेश छन् ।

काठमाडौंः नेपाली बजारमा कियाकाे नयाँ स्पोर्टेज कार सार्वजनिक भएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको हो । नेपालमा किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक भएको गरेको हो ।

सोकेस गरिएको कार चार भेरिएन्टमा उपलब्ध छन् । कार उत्पादनका दौरान उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षासम्बन्धी नवीन प्रविधिहरु जडान गरिएको कम्पनीले जनाएको छ । पेट्रोल र डिजेल दुवै अप्सनसँगै नयाँ स्पोर्टेज जीटीलाइन मोडलमा पनि उपलब्ध छ ।

कारमा नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जसले यात्रा अवधिभर सहजता र मनोरञ्जन प्रदान गर्नेछ । कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम छ ।


त्यसैगरी ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषताहरु यसमा समावेश छन् ।

निक्कै बलियो स्टीलको प्रयोग गरेर कारको बडी तयार गरिएको कारण कार सुरक्षित, आधुनिक र आरामदायी भएको कम्पनीको दाबी छ। कार विभिन्न ६ रङमा उपलब्ध छन् । नेपाली बजारमा नयाँ स्पोर्टेजको मूल्य ६९ लाख ९० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।