डाक्टर गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

डाक्टर केसीको श्वासप्रश्वासमा समस्या तथा मुटुको चालमा गडबडी आएपछि उनलाई सोमबार बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको हो ।

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना भएका छन् ।

डाक्टर केसीको श्वासप्रश्वासमा समस्या तथा मुटुको चालमा गडबडी आएपछि उनलाई सोमबार बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको हो । चिकित्सकले आइतबारै बेलुका डाक्टर केसीलाई अस्पताल लैजान सुझाएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेपछि सोही दिनबाट डाक्टर केसीले १६औं अनशन सुरु गरेका हुन् ।