विमान घरमा ठोकिँदा पाँच जनाको मृत्यु

अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर दुर्घटना हुँदा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ ।

बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताए।

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले बताए।

विमान दुर्घटनापछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि गरे पनि उनीहरूको थप परिचय तत्काल सार्वजनिक गरेनन्।

सेस्ना ४१४ए नंम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए।

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको छ ।

‘ठूलो विस्फोटको आवाजपछि विमान र घरमा आगो लागेपछि हामी घरबाट बाहिर निस्क्यौँ । विमान सँगैको घरमा ठोकिँदा सँगै रहेको हाम्रो घरमा पनि निकै हल्लियो । बाहिर निस्केर हेर्दा आगोको मुस्लोले घरलाई डढाइसकेको थियो,’ जोन वोलबार्टले भने।

एक महिला डढ्दै गरेको कपालसहित घरबाट निस्किन् भने एक जनालाई पछि उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ।

ट्वीटरमा पोष्ट गरिएको भिडियोमा विस्फोटको आवाजपछि अतालिँदै नजिकका घरहरूबाट बाहिर निस्केका स्थानीयलाई देखिएका छन्।