नेपथ्यको दुबई कन्सर्टबाट आएको मुनाफा धुर्मुस सुन्तलीले बनाउने रंगशलालाई

दुबई|| आगामी मार्च १५ तारिकमा दुबईमा आयोजना हुने नेपथ्य लाईभ कन्सर्टबाट संकलन भएको मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले  चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणस्थललाई दिने भएको छ।

लोक रक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्षको अबसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो।

नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अलनासर लेजरल्याण्ड क्लबमा हुने भएको छ। ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरूङको संयोजनमा १० सदस्यहरु टोली आउने आयोजक मोहनसिङ लिम्बुले बताए।

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोस्रो पटक दुबई आउन लागेको हो ।

प्रवासमा रोजगारीको थकानलाई नेपाली कला साहित्य संस्कृतिलाई प्रबर्धन एंवम् साङ्गितिक मनोरञ्जनको लागि सांगीतिक समूह नेपथ्य दुबई आउन लागेको हो।

नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम दुबाईको आयोजना युएईमा रहेका रमेश ढकाल, मोहनसिंह लिम्बु सुजन रजक  र हरि भुजेलले आयोजन गरेका हुन्।

सांगीतिक समूह नेपथ्यले यसअघि नेपालमा विनासकारी महाभूकम्पबाट पीडितको लागि सहयोगार्थ कार्यक्रम दुबईमा सफल रुपमा सम्पन्न गरेको थियो।