लिभरपुल इंग्लिस प्रिमियर लिगको पुनः शीर्ष स्थानमा

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पुनः शीर्ष स्थानमा फर्किएको छ।

शनिबार राति लिभरपुलले एफसी बर्नमाउथलाई ३–० ले पराजित गर्दै तालिकामा ६५ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा साडियो माने, जिर्जिना विङ्नालडम र मोहमद सलाहले एक एक गोल गरेका थिए। मानेले २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा जिर्योजिनोले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलका लागि तेस्रो गोल ४८ औं मिनेटमा मोहमद सलाहले गरेका थिए ।

गत साता वेस्टह्यामसँग बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको थियो।

त्यसपछि थप गोल हुन सकेन । पराजित भएको एएफसी बर्नमाउथ ११ औं स्थानमा रहेको छ ।