एट्लेटिकोको मैदानमा रियलको सहज जित, दोस्रो स्थानमा उक्लियो

मड्रिड । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति एट्लेटिकोको घरेलु मैदानमा रियल ३-१ ले विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको हो।

खेलको १६ औं मिनेटमा रियलले क्यासेमिरोले गोल गर्दै खेलमा अग्रता लिएको थियो। खेलको २५ औं मिनेटमा एन्जल कोर्रियाको पासमा एन्टोइन ग्रिज्म्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

४२ औं मिनेटमा पेनाल्टार्फत कप्तान सर्जियो रामोसले गोल गर्दै २-१ को अग्रता बनाए।

खेलको ७४ औं मिनेटमा रियलले अग्रता दोब्बर पार्‍यो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै रियलको जित सुनिश्चित गरे‌।

खेलको १० मिनेट समय बाँकी रहँदा एट्लेटिको १० खेलाडीमा समेटियो । थोमस पार्टे दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए।

यो जितसँगै रियलले लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो। रियलले २३ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोले समान खेलमा ४४ अंक बनाएको छ। शीर्षस्थानमा रहेको बार्सिलोनाले २२ खेलमा ५० अंक बनाएको छ।