no-image

काठमाडौं । पृथ्वीका विभिन्न भागलाई चिनाउने गरी मूर्तिकार रामकृष्ण भण्डारीले पृथ्वीको मूर्ति निर्माण गरेका छन्।

स्वर्गीय भू–गर्भविद् प्रा डा मादवप्रसाद शर्माको सम्झनामा पृथ्वीका विभिन्न भाग तथा क्षेत्रका बारेमा व्याख्या र विश्लेष्ण गरिएको मूर्ति निर्माण गरिएको हो । पृथ्वीमा भएको हावापानी, माटो, वनजङ्गललगायत विभिन्न वस्तुलाई सङ्केत गरी मूर्तिको निर्माण गरिएको मूर्तिकार भण्डारीले बताए।

सो मूर्तिबाट पृथ्वीका बारेका धेरै ज्ञान लिन सकिने उनले जानकारी गराए।  भूकम्पीय जेखिम क्षेत्रलाई पनि रेखाङ्कन गरी मूर्तिको निर्माण गरिएकोे छ । मूर्ति ३० इञ्चको गोलाइमा निर्माण भई सो गोलार्दभित्र जमीन पानी, माटो, आगोलगायत सम्पूर्ण भागलाई छुट्याइएको छ ।

पृथ्वीको ग्लोबका आधारमा मूर्तिलाई विभिन्न भागमा कुँदेर निर्माण गरिएको छ ।