बी डिभिजन लिगः सातदोबाटो र मध्यपुर विजयी

ललितपुर । बी डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन् ।

एन्फा मैदानमा सोमबार भएको पहिलो खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको हो।

सातदोवाटोले २१ औं मिनेटमा दीपेश गुरुङको गोल र ५३ औं मिनेटमा रञ्जन पुनले गरेको गोलबाट जीत निकाल्न सफल भयो। श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए ।

यस्तै आजै भएको दोस्रो खेलमा मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ।

खुमलटारका लागि अभय राणाले २ गोल गरे पनि त्यो हार टार्न सकेनन्। मध्यपुरका लागि सुवर्न विक्रम कार्की कल्याण लामिछाने र विबेश गुरुङले एक एक गोल गरेका थि।

खेलको ८ औं मिनेटमा सवर्न बिक्रम कार्कीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा खुमलटारका लागि अभय राणाले बरारबरी गोल गरे।

पहिलो हाफको अतिरिक्त समयमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा २–१ को अवस्थामा पुर्‍याएका थिए। ६६ औं मिनेटमा विवेश गुरुङले गोल थपेपछि मध्यपुरले ३–१ को अग्रता कायम गर्न सफल भएको थियो।

७० औं मिनेटमा खुमलटारका लागि अभय राणाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए। दोस्रो हाफको अतिरिक्त समयमा खुमलटारले पेनाल्टी पाए पनि राजेन्द्र देउलाले गोल गर्न चुक्दा मध्यपुर ३–२ गोल अन्तरले विजयी हुन सफल भयो।