निर्जीवन बिमा व्यवसायमा शिखर इन्स्योरेन्सको रजगज, पछ्याउँदै सगरमाथा र नेको

शिखर इन्स्योरेन्सले ६ महिनामा १३.७५ प्रतिशत पु¥याएको छ । दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स ८.८५ प्रतिशत मात्रै बजार हिस्सा छ । त्यसैगरी, तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सको बजार हिस्सा ८.२ प्रतिशत छ । दोस्रो र तेस्रो स्थानमा रहेको इन्स्योरेन्सको बजार हिस्सा र आम्दानीमा ठूलो अन्तर छैन । ३ ओटा कम्पनीको बजार हिस्सा झण्डै ३१ प्रतिशत छ । बाँकी १७ ओटाको ६९ प्रतिशत देखिएको छ ।

काठमाडौं । निर्जीवन बिमा क्षेत्रमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ग्राफ निरन्तर उकालो लागेको छ । तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिखर इन्स्योरेन्स बार्षिक आम्दानी र बजार हिस्सामा एकक्षत्र राज गरेको देखिन्छ ।

चालू आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ९९ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ । दोस्रो स्थानमा रहेर पहिलो इन्स्योरेन्स कम्पनीलाई पछ्याउँदै गरेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ महिनामा १ अर्ब ८१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्स कम्पनी रहेको छ । नेकोले ९७ करोड ९७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको तथ्याङ्कमा देखिएको हो ।

बजार हिस्सालाई हेर्दा शिखर इन्स्योरेन्सले ६ महिनामा १३.७५ प्रतिशत पु¥याएको छ । दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स ८.८५ प्रतिशत मात्रै बजार हिस्सा छ । त्यसैगरी, तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सको बजार हिस्सा ८.२ प्रतिशत छ । दोस्रो र तेस्रो स्थानमा रहेको इन्स्योरेन्सको बजार हिस्सा र आम्दानीमा ठूलो अन्तर छैन । ३ ओटा कम्पनीको बजार हिस्सा झण्डै ३१ प्रतिशत छ । बाँकी १७ ओटाको ६९ प्रतिशत देखिएको छ ।

गतवर्ष आर्थिक वर्ष २०७४/०७५ मा नेको इन्स्योरेन्स चौथो स्थानमा थियो । तर, अहिले उपेन्द्र महतो समूहले स्वामित्व खरिद गरी नयाँ व्यवस्थापनले सम्हालेपछि बजारमा आक्रामक भएर उत्रिएको छ । अहिले दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा सिद्धार्थ इन्स्योरेन्स भन्दा पनि तल्लो स्थानमा थियो ।

दोस्रो र तेस्रो कम्पनीबीच माथि उक्लिने भन्नेमा तीब्र प्रतिस्पर्धा चलिरहेको छ । तर पनि पहिलो स्थानमा रहेको शिखर इन्स्योरेन्ससँगको ग्याप ठूलो छ ।बिमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा शिखर इन्स्योरेन्सले २ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ शुल्क आम्दानी गरेको देखिन्छ । त्यसैगरी, आर्थिक वर्ष २०७४/०७५ माा ३ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । शिखरको ६ महिनाको आम्दानीलाई आधार मान्दा पनि गत आर्थिक वर्षको जति आम्दानी गर्ने पक्का छ ।

आर्थिक वर्ष २०७३/०७४ मा नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही वर्ष १ अर्ब ५१ करोड रुपैयाँ आम्दानी सगरमाथाले गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा सगरमाथा इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको छ भने, नेको इन्स्योरेन्सले एक अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
बजारमा नयाँ ‘प्लेयर’ रुपमा भित्रिएका सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्योरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड पनि बजार विस्तारममा लागेका छन् । नयाँ कम्पनीको बजारहिस्सा एक प्रतिशत भन्दा बढी हुन सकेको छैन ।
निर्जीवन बिमा व्यसायको बजार विस्तार भई २२ अर्ब रुपैयाँ पुगेको छ ।