किसान र उद्योग संरक्षणको नाममा ‘एकाधिकार’

‘स्वदेशमा सञ्चालित धूलो दूध कारखानाले नेपालको डेरी क्षेत्रको मागलाई मात्रै धान्न पनि धौ धौ पर्छ । तर, मन्त्री खनालले के आधारमा स्वदेशी पाउडर कारखानालाई के स्वार्थबाट प्रेरित भएर एकाधिकार जमाउन दिनु भयो थाहा भएन,’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘बजारमा अहिले एक हजार ५ सय टन धूलो दूधको आवश्यकता छ, स्वदेशी पाउडर कारखानासँग जम्मा ८ सय टन धूलो दूध मात्रै छ ।’

काठमाडौं । किसान र स्वदेशी पाउडर प्लान्ट संरक्षणको नाममा कृषि मन्त्री चक्रपाणी खनालले बजारमा ‘एकाधिकार’ कायम गर्न प्रोत्साहन गरेका छन् । मन्त्री खनालले बजारको माग र आपूर्तिको सामान्य ख्याल नै नगरी विदेशबाट धूलो दूध आयात प्रतिबन्ध गरेपछि स्वदेशी उद्योगले ‘एकाधिकार’ जमाएका हुन् ।

विदेशबाट धूलो दूध आयात रोक्न सफल भएका उद्योगीले अहिले धूलो दूधमा एकाधिकार जमाउँदै मनपरी मूल्य समेत तय गरेका छन् । बजारमा मागको तुलनामा आधा नै कम उत्पादन भएपछि त्यसको फाइदा उठाउँदै केही पाउडर प्लान्टले अस्वभाविभ आम्दानी समेत गरिरहेका छन् ।

बिस्कुट उत्पादक सङ्घको तथ्याङ्क अनुसार अहिले बिस्कुट उद्योगलाई ८ सय ५० टन धूलो दूधको आवश्यकता छ । त्यसैगरी, आइसक्रिमलाई २ सय टन धूलो दूध चाहिएको छ । तारे होटलले ४ सय टन धूलो दूध आवश्यकता परेको बताएका छन् । यस्तो अवस्थामा स्वदेशी उद्योगको उत्पादन र अहिलेको स्टकले माग पूरा गर्छ ? एक उद्योगीले प्रश्न गरे ।

मन्त्री खनाललाई पाउडर प्लान्ट सञ्चालकहरुले नेपालका डेरी क्षेत्रको मागलाई दुई ओटा डेरीबाट उत्पादित धूलो दूधले परिपूर्ति गर्न सक्ने भनेर भ्रमित पारेको र सोही तथ्याङ्कलाई सत्य मानेर मन्त्री खनालले प्रतिबन्ध लगाएपछि उनीहरुको एकाधिकार जमेको एक उद्योगीले बताए ।
डेरी क्षेत्र बाहेक बिस्कुट उद्योग, आइसक्रिम उद्योग, चकलेट, पाँच तारे होटललगायतका क्षेत्रमा पनि ठूलो परिमाणमा धूलो दूध आवश्यकता पर्छ ।

‘स्वदेशमा सञ्चालित धूलो दूध कारखानाले नेपालको डेरी क्षेत्रको मागलाई मात्रै धान्न पनि धौ धौ पर्छ । तर, मन्त्री खनालले के आधारमा स्वदेशी पाउडर कारखानालाई के स्वार्थबाट प्रेरित भएर एकाधिकार जमाउन दिनु भयो थाहा भएन,’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘बजारमा अहिले एक हजार ५ सय टन धूलो दूधको आवश्यकता छ, स्वदेशी पाउडर कारखानासँग जम्मा ८ सय टन धूलो दूध मात्रै छ ।’

मन्त्री खनालले जस्तोकुनै प्रतिक्रिया दिए पनि गत असोजदेखि धूलो दूध आयात पूर्ण रुपमा प्रतिबन्ध छ । केही दिन अघि एउटा बिस्कुट उद्योगले धूलो दूध आयातका लागि अनुज्ञापत्र लिन जादा विभागले अहिले प्रतिबन्ध भएको भन्दै उक्त उद्योगलाई अनुज्ञापत्र नदिई फिर्ता पठाएको थियो ।

बिस्कुट उत्पादक सङ्घको तथ्याङ्क अनुसार अहिले बिस्कुट उद्योगलाई ८ सय ५० टन धूलो दूधको आवश्यकता छ । त्यसैगरी, आइसक्रिमलाई २ सय टन धूलो दूध चाहिएको छ । तारे होटलले ४ सय टन धूलो दूध आवश्यकता परेको बताएका छन् । यस्तो अवस्थामा स्वदेशी उद्योगको उत्पादन र अहिलेको स्टकले माग पूरा गर्छ ? एक उद्योगीले प्रश्न गरे ।

‘केही डेरी उद्योगी र कृषि मन्त्री खनालको मिलेमतोमा बजारमा एकाधिकार जमाइएको हो,’ बिस्कुट उत्पादक सङ्घका एक पदाधिकारीले भने, ‘डेरी उद्योगीको बलियो ‘लविइङ’ भएको र मन्त्री पनि ती उद्योगीप्रति ‘पोजेटिभ’ देखिएकाले आयात रोकिएको हो ।’

मन्त्री खनालले अहिलेसम्म आयात रोक्न कुनै पनि लिखित निर्देशन नदिएको बताए । ‘अहिलेसम्म आयात रोक्न लिखित निर्देशन दिएको छैन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘आवश्यकता हेरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमति दिन्छ ।’ उनका अनुसार नेपालमा गुणस्तरहीन र मिति सकिएका धूलो दूध नेपाल भित्रिएको र त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेकाले चेकजाँच पछि मात्रै अनुज्ञापत्र दिन विभागलाई निर्देशन मात्रै दिएको हो ।

मन्त्री खनालले जस्तोकुनै प्रतिक्रिया दिए पनि गत असोजदेखि धूलो दूध आयात पूर्ण रुपमा प्रतिबन्ध छ । केही दिन अघि एउटा बिस्कुट उद्योगले धूलो दूध आयातका लागि अनुज्ञापत्र लिन जादा विभागले अहिले प्रतिबन्ध भएको भन्दै उक्त उद्योगलाई अनुज्ञापत्र नदिई फिर्ता पठाएको थियो ।

त्यसैगरी, नेपालमा धूलो दूध आयात गर्ने ट्रेडर्सले पनि धूलो दूध आयातका लागि अनुमति माग्दा मन्त्रीज्यूको आदेशपछि बन्द भएको र मन्त्रीज्यूले अनुज्ञापत्र नखुलाएसम्म आयात अनुमति पत्र दिन नसक्ने भन्दै आयातकर्तालाई पनि फर्काएको स्रोतले बताएको छ ।
दुग्ध विकास संस्थान (डीडीसी)ले निजी डेरीलाई धेर थोर उपलब्ध गराउँदै आएको छ । डीडीसी सरकारी स्वामित्वको डेरी भयो । चितवन मिल्कले डेरी उद्योग बाहेक अन्य कसैलाई पनि बिक्री गर्दैन । सुजलले बनाएको पाउडर आफूले पनि प्रयोग गर्छ र बाँकी रहेको पाउडर बेच्ने गर्छ । तर, त्यतिले नेपालको मागको ५० प्रतिशत पनि नधान्ने स्वयम केही डेरी उद्योगीहरु बताउँछन् ।

मन्त्री खनालले जस्तोकुनै प्रतिक्रिया दिए पनि गत असोजदेखि धूलो दूध आयात पूर्ण रुपमा प्रतिबन्ध छ । केही दिन अघि एउटा बिस्कुट उद्योगले धूलो दूध आयातका लागि अनुज्ञापत्र लिन जादा विभागले अहिले प्रतिबन्ध भएको भन्दै उक्त उद्योगलाई अनुज्ञापत्र नदिई फिर्ता पठाएको थियो ।

‘सरकारले धूलो दूध आयात नखोली सुख्खै छैन्,’ नेपाल डेरी उद्योग सङ्घका एक उच्च अधिकारीले भने, ‘मन्त्रीज्यूले प्रलोभनमा परेर यस्तो निर्णय लिनु भएको हो, यसले दीर्घकालमा ठूलो असर पार्छ । मन्त्रीलाई आफ्नो पक्षमा राखेका केही उद्योगी धूलो दूधमा एकाधिकार लगाएर रातारात मालामाल भइरहेका छन् ।’

 

डेरी उद्योगीको लहैलहैमा मन्त्री खनालले कुनकुन क्षेत्रलाई कति धूलो दूध आवश्यक पर्छ भन्ने सामान्य अध्ययन समेत नगरी खाद्य प्रविधिलाई आयात बन्द गर्न लगाउँदा बिस्कुट, उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।