एजेन्सी । बितेका वर्षहरुमा बढ्दो आर्थिक वृद्धिले न्यून आय र उदाउँदो बजार भएका मुलुकमा असमानतालाई घटाएको छ । यसरी अर्थतन्त्रमा समानता ल्याउनका लागि धनी र गरिब दुवै मुलुकमा युवाहरुको कामले सहयोग गरेको छ । तर, जब आर्थिक वृद्धिको गति सुस्त हुन्छ र बेरोजगारी बढ्छ तब न्यून आय भएका मुलुकमा धेरै युवा बेरोजगार बन्न पुग्छन्, फलस्वरुप देशमा असमानता बढ्छ । तर, उदाउँदो बजारमा यसको कथा अलि फरक हुन्छ, जसलाई हामी तल दिएका छौं ।
हालै न्यून आय र उदाउँदो बजार भएका ७१ ओटा मुलुकहरुको अध्ययन गरिएको थियो । उक्त शोधको निष्कर्षले सृजना भएका रोजगारीको गुणस्तरता र रोजगारीलाई सहयोग गर्ने तत्तत् देशको नीतिको महत्त्वमा जोड दिएको छ । यसले असमानता घटाउँदै थप समावेशी वृद्धि गर्न सघाउँछ ।
जान्नुको नयाँ तरिका
असमानता र दीर्घकालीन वृद्धिको सम्बन्धबीच गहन अध्ययन भयो । तर, अनुकूल र प्रतिकूल दुवै समयमा वृद्धि र असमानतामा अल्पकालीन उतारचढावको सम्बन्ध यस अध्ययनको ठूलो स्रोत हो ।
यो सम्बन्ध अध्ययन गर्नका लागि हामीले मेडिएसन एनालाइसिस अप्रोच प्रयोग गर्ने निर्णय गर्यौं, जुन धेरैजसो मनोविज्ञानमा प्रयोग हुन्छ । तर, म्याक्रोइकोनोमिक्समा कमै मात्र प्रयोग हुने अप्रोच हो । यो अप्रोचले कुनै कुरा अथवा घटना हुनुको पृष्ठभूमिको प्रेरक शक्ति के हो र तिनीहरु कसरी एक आपसमा जोडिएका हुन्छन् भन्ने कुरा पहिचान गर्न सहयोग गर्छ । यसको अर्को ठूलो फाइदा भनेको यसले कुनै पनि परिवर्तन पछाडिका विभिन्न प्रेरक शक्तिहरुको महत्त्वलाई ठिक पहिचान गर्न सहयोग गर्छ ।
यो आवश्यक छ । किनभने यदि केही घटना किन हुन्छ भन्ने कुरा नीति निर्माणकर्ताहरुले थाहा पाए भने उनीहरुले त्यसलाई सामना गर्नसक्ने राम्रो नीति बनाउन सक्छन् ।
हामीले बितेका वर्षहरुमा अनुकूल र प्रतिकूल समयलाई दुइटा मापदण्डमा परिभाषित गर्यौं । पहिलो, देशको कुल गार्हस्थ्य उत्पादन प्रतिव्यक्ति आयदर सकारात्मक छ वा नकारात्मक । र दोस्रो भनेको सन् १९८१ र २०१४ का बीचमा भएको देशको औसत कुल गार्हस्थ्य उत्पादन प्रतिव्यक्ति आय वृद्धिदर र सङ्ख्याको भिन्नता हो ।
हामी असमानतामा असल र खराब आर्थिक समयको प्रभावलाई बेरोजगारी, वित्तीय पहुँच र सरकारी खर्चबाट हेर्छौं । न्यून आय र उदाउँदो बजार भएका मुलुकमा बेरोजगारी विशेषगरी युवाहरुमा पाइएको थियो, जुन अनुकूल र प्रतिकूल समयमा असमानताको महत्त्वपूर्ण प्रेरक रहेको छ ।
अनुकूल समयमा बेरोजगारी घट्नुले न्यून आय र उदाउँदो बजार भएका अर्थतन्त्रमा ४१ प्रतिशत असमानता घटेको बुझाउँछ । अझ थप युवाहरु रोजगार बन्नाले असमानतामा एक तिहाई कमी आएको बुझाउँछ ।
प्रतिकूल समयमा बेरोजगारीमा वृद्धिका कारण २८ प्रतिशतसम्म असमानता वृद्धि भएको छ । युवा जनसङ्ख्यामा बेरोजगारीको वृद्धि नै असमानताको मुख्य कारण हुन्छ ।
युवा बेरोजगारीका कारण असमानता वृद्धि हुनुमा ठूलो प्रभाव परिरहेको अवस्थामा सरकारले रोजगारी वृद्धि गर्ने किसिमका नीतिहरु विकास गर्नुपर्छ र आर्थिक अधोन्नतिलाई कमी गर्नुपर्छ ।
साभारः बुर्सु हासिबेदेल प्रिसेला मुथुरा/विश्व आर्थिक मञ्च