कञ्चनरुप नगरपालिकाले किन्यो दमकल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १७, मङ्गलबार  
कञ्चनरुप नगरपालिकाले किन्यो दमकल

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरीद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताए 
। 

 

सांसद साझेदारी कार्यक्रमअन्तर्गत ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरीद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताए । 

 

नगरपालिकाले बारुणयन्त्र खरीद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् । कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । 

 

कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top