काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघ पाँचौँ वार्षिक साधारणसभाले नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको मंगलबार सम्पन्न वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ, उपाध्यक्षमा अशोक शेरचन, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवन अग्रवाल र सचिवमा मनोज श्रेष्ठ भडेल निर्वाचित भएका छन् ।
कार्यसमितिको अन्य सदस्यहरुमा अनिलदास श्रेष्ठ, कमलराज विष्ट, किसान सुनार, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तामाङ, विना प्याकुरेल, युगेशवादे श्रेष्ठ, सुमितकुमार लामा, सुशील जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल रहेका छन् ।
साधारणसभाले संघको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठलाई चयन गरेको छ । नेपाल र इटालीबीचको व्यापारिक एवं आर्थिक र पर्यटनमा सहकार्य गर्ने उद्देश्यले संघको स्थापना भएको थियो ।