स्टार्टअप खल्तीलाई संयुक्त राष्ट्र सङ्घीय पुरस्कार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १९, बिहीबार,०४:४६:PM  
स्टार्टअप खल्तीलाई संयुक्त राष्ट्र सङ्घीय पुरस्कार 

नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्रसङ्घअन्तर्गतको संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्तरुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० ओटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् । 


उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ । खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न तीन हजार पाँच सय महिला आबद्ध भएको सञ्जाल सार्क बिजनेस एसोसिएसन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको सीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्तरुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् । 

 

यस परियोजनाअन्तर्गत पूर्वमा सङ्खुवासभादेखि पश्चिममा दार्चुलासम्मका १२ ओटा जिल्लामा तीन हजार पाँच सयभन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिनेछ । 

 

“नेपालको सन्दर्भमा हेर्ने हो भने लघु, साना र मझौला आकारका उद्यमहरु रोजगारीका महत्त्वपूर्ण स्रोत हुन् । साथै यिनीहरुले देशको कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्छन्,’ खल्तीका निर्देशक अरविन्द साहले भने, ‘तर पनि यस्ता उद्यमहरुले व्यवसाय सञ्चालन तथा  विस्तारका लागि ऋण र अन्य वित्तीय सेवाहरू प्राप्त गर्न कठिनाईको सामना गरिरहेका छन् ।

 

सन् २०१७, जनवरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । अहिले यसका प्रयोगकर्ता ८ लाखभन्दा बढी छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');