काठमाडौं । उपत्यकाकै प्रसिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादन बनाउने पिन्चेस् आर्टकोरले दरबारमार्गको टाइम्स स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।
पिन्चेस् आर्टकोरले ग्राहकलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ, कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
पिन्चेस् आर्टकोरका फाउण्डर तथा सीईओ श्रेय जोशीले दरबारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुसी लागेकाे बताइन् । उनले छोटो समयमै कम्पनीले सफलता हासिल गरेकाे बताउँदै छिट्टै देशभरका मुख्य सहरहरुमा आफ्ना आउटलेट विस्तार गर्ने योजनामा रहेकाे बताइन् ।
पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरीबाट बत्तीसपुतलीमा आउटलेट खोलेर ग्राहकलाई सेवा पुर्याउदै आइरहेको छ । त्यसभन्दा पहिला यस आर्टकोरकी सञ्चालक श्रेय जोशी फ्रिल्यान्स आर्टिस्ट थिइन् र अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसट बनाउन गरेकी थिइन् । पिन्चेस् आर्टकोर युवामाझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ ।