नहरको जग्गा मिचेको भन्दै होटल ‘टाइगर प्यालेस’विरुद्ध अदालतमा मुद्दा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २०, शुक्रबार,११:४६:AM  
नहरको जग्गा मिचेको भन्दै होटल ‘टाइगर प्यालेस’विरुद्ध अदालतमा मुद्दा

काठमाडौं । निर्माण कार्य सुरु गर्दादेखि नै विवादमा परेको भैरहवास्थित ‘टाइगर प्यालेस’ रिसोर्टविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । रिसोर्टले साढे १२ कठ्ठा जग्गामा रहेको नहर मासेर होटल बनाएको भन्दै लुम्बिनी जल उपभोक्ता सङ्घले त्यसविरुद्ध मुद्दा दायर गरेको हो । 

 

‘हामीले पटकपटक होटल व्यवस्थापनलाई अनुरोध गर्दा हाम्रो कुराको सुनुवाई भएन’, सङ्घका अध्यक्ष थानेश्वर घिमिरेले भने, ‘हामीले जिल्ला प्रशासन रुपन्देहीमासमेत उजुरी हालेका थियौं । त्यहाँबाट पनि हाम्रो माग पूरा नभएकाले अदालतमा मुद्दा हालेको हो ।’ उनले भने, ‘होटलको संरचना बनाउँदा नै हामीले यो क्षेत्रमा ७० ओटा नहर छ । भोलि विवाद सिर्जना हुन्छ भन्दा होटल व्यवस्थापनले त्यो कुरा सुन्न चाहेन ।’ पछि जग्गा छुट्याउँदा साढे १२ कठ्ठा जग्गा नहरको रहेको देखिएपछि अदालत पुगेको उनको भनाई छ ।
 

उनकाअनुसार उपभोक्ता सङ्घले त्यो जग्गा तत्काल खाली गरी पाऊँ भनेर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । त्यहाँबाट धेरै भूमी सिंचित गर्ने नहर रहेको र त्यही नहर मासेर होटल बनाएको भन्दै स्थानीय सुरुदेखि नै आक्रोशित हुँदै आएका थिए । 

 

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले रिसोर्ट सञ्चालनमा ल्याएको हो । सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप नेपालको सहायक कम्पनी हो ।

 

सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरेसँगै ग्रुपले पनि रिसोर्ट निर्माण थालेको थियो । करिब १५ विगाहा जमिनमा फैलिएको रिसोर्टको नाम ‘टाइगर प्यालेस’ हो । यो रिसोर्ट २०७४ सालबाट सञ्चालनमा आएको हो थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -५ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');