सुरक्षित अनि शान्त, ‘हात्तीवन हाउजिङ’

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ असार २१, शनिबार  
सुरक्षित अनि शान्त, ‘हात्तीवन हाउजिङ’

कुनै बेला भनिन्थ्यो, हाउजिङ र अपार्टमेन्ट भनेको उच्च घराना र व्यवसायीका लागि मात्र हो; ती ठाउँमा जोकोही बस्न सक्दैनन् । हाउजिङ र अपार्टमेन्ट पनि त्यही किसिमको निर्माण हुने गर्थे । तर अहिले समय बिस्तारै परिवर्तन हँुदै गएको छ ।

 


केही रकम कमाएपछि जग्गाजमिन जोड्ने र घर बनाउने सोचमा रहेकाहरु अहिले हाउजिङ वा अपार्टमेन्ट किन्नेतर्फ लागेका छन् । घर बनाउने झन्झटिलो काम गर्नुभन्दा सीधै हाउजिङ वा अपार्टमेन्ट छानीछानी किन्न पाइने भएकाले धेरैको रोजाइमा पर्न थालेको हो । 

 


काठमाडौंलगायत विभिन्न सहरमा दिन प्रतिदिन जग्गाको मूल्य बढ्दै जानु र निर्माण सामग्रीको मूल्य आकासिएसँगै अहिले धेरैका रोजाइमा हाउजिङ र अपाटमेन्ट परेका हुन् । पछिल्लो समय उच्च, मध्यम र सामान्य वर्गका परिवारलाई समेत हुने खालका हाउजिङ निर्माण भएका छन् ।

 


२०७२ सालको भूकम्पपछि सरकारले एकीकृत बस्तीलाई विशेष जोड दिँदै आएको छ । हाउजिङ र अपार्टमेन्टको मोडललाई एकीकृत बस्तीका रुपमा लिन सकिन्छ । धेरै परिवार एकै बस्तीमा हुने भएपछि उनीहरुलाई आवश्यक सम्पूर्ण आधारभूत विषय पु¥याउन सहज हुने भएकाले त्यस्ता ठाउँ धेरैको रोजाइमा परेको हो ।

 


व्यस्त सहरभन्दा केही टाढा, शान्त र सुरक्षित बसाइका लागि धेरै परिवारको रोजाइमा हाउजिङहरु पर्ने गरेका छन् । बाक्लिँदो सहरीकरणसँगै यहाँको जीवनशैली पनि धेरै व्यस्त हुन थालेको छ । दिनभरि कडा मिहिनेत गरेपछि रातिको समय शान्त ठाउँमा बिताउन चाहनेहरुको सङ्ख्या धेरै छ । सहरमा बढ्दो कोलाहल, धूवाँधूलोबाट मुक्ति दिलाउन सीई कन्स्ट्रक्सनले ललितपुरको हात्तीवनमा ‘हात्तीवन हाउजिङ’ निर्माण गरेको छ । 

 


सातदोबाटो चोकबाट दुई किलोमिटर दूरीमा पर्ने हाउजिङ शान्त र सुन्दर छ । हाइवेबाट नजिक रहेको हाउजिङमा ५९ ओटा घर छन् । ३२ रोपनीमा निर्मित घरलाई तीन वर्गमा वर्गीकृत गरिएको छ । तिनको मूल्य र सेवासुविधा फरकफरक रहेको हात्तीवन हाउजिङकी सेल्स असिस्टेन्ट गङ्गा श्रेष्ठ बताउँछिन् । आफ्नो क्षमताअनुसार बस्न वर्गीकृत गरिएको उनको भनाइ छ । 

 


ए लेभलमा चार बेडरुम, तीन बाथरुम, एउटा किचन, एउटा बैठक कक्ष र छुट्टै पूजाकोठा छ । साढे दुई तलाको यो घर चार आना जग्गामा निर्माण भएको हो । यस्तै बी लेभलमा पाँच बेडरुम, तीन बाथरुम, एउटा किचन, एउटा बैठक कक्ष र छुट्टै पूजाकोठा छ । सी लेभलको घरमा पनि बीकै जस्तो सेवासुविधा हुन्छ । तर लेभलअनुसार जग्गाको स्पेस फरक हुने गरेको छ । सी लेभलमा बगैंचाका लागि समेत पर्याप्त ठाउँ छ । यस्तै बी र सीको घरमा गाडी पार्किङका लागि पनि राम्रो सुविधा छ ।

 


हाउजिङभित्र बालबालिकालाई खेल्न चिल्ड्रेन पार्कदेखि अन्य उमेर समूहका लागि पनि सार्वजनिक बगैंचा र खाली ठाउँ छ । पारिवारिक पार्टी र जमघका लागि सार्वजनिक हलसमेत निर्माण गरिएको छ । किनमेलका लागि मिनी सपिङ मार्केटको समेत तयारी भइरहेको छ ।

 


सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिनुका साथै सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । हरियाली वातावरण निर्माणका लागि सरकारले ल्याएको अभियानलाई सफल बनाउन एक घर एक रुख रोपिएको छ । 


उत्कृष्ट भएकैले टिकेका हौं
 

विजय राजभण्डारी
अध्यक्ष, सीई कन्स्ट्रक्सन

 

२०४९ सालमा स्थापित सीई कन्स्ट्रक्सनका हरेक उत्पादन अब्बल छन् । २७ वर्षदेखि हाउजिङ निर्माणमा जुटेको सीई ग्राहकको माया र सद्भावकै कारण यो अवस्थासम्म आएको हो । हात्तीवन हाउजिङ सीईकै पवित्रा आवास, थैब हाइट, सिनिक हाउजिङ, एलिट कोलोनी, सल्लाघारी कोलोनी, रिट्रिट अपार्टमेन्ट र प्रिमियर अपार्टमेन्ट रहेको छ ।

 


हात्तीवन हाउजिङ भूकम्पपछि सहरी विकासको नियमअनुसार पास भएको पहिलो प्रोजेक्ट हो । ३५ रोपनी जग्गामा घर बनेको छ । भूकम्पीय मापदण्डअनुसार निर्माण भएको छ । एरियाको ५ प्रतिशत जमिन ग्रिनरीका लागि छुट्याइएको छ । ग्रिनरी पनि पहिला भित्तातिर हुन्थ्यो । तर अहिलेको निर्णयअनुसार घरहरुको बीचमा हुनुपर्ने प्रावधानअनुसार नै गरिएको छ । 

 


हात्तीवन हाउजिङ नजिकै विद्यालय, अस्पतालहरु धेरै छन् । साथै गोदावरी पनि यही क्षेत्रमा पर्छ । हाउजिङमा बस्नेहरु तीन प्रकारका हुन्छन् । पहिलो, कोठामा बस्दाबस्दा दिक्क लागेर जस्तो भए पनि घर चाहियो भन्ने हुन्छन् । अर्काथरी, घर हुँदाहुँदै पनि कुर्ने मान्छे नभएकाहरु र अर्को हाउजिङको ज्ञान हुनेहरुले किन्ने गरेका छन् ।

 


सुरुमा जग्गा किन्दा तीन ओटा ठूला समस्या देखेको थिएँ । पहिलो जहाज जाने बाटो, भिरालो जमिन र अर्को ३३ केभीएको लाइनमुनि थियो । मेरा हरेका प्रोजेक्टमा भएका समस्या ग्राहकलाई सुरुमै भन्ने बानी रहेको कारण पनि कम्पनीलाई यति लामो समयदेखि विश्वास गरेको हुनुपर्छ । पछि ती समस्या समाधान गरेर धमधम घर हस्तान्तरण गर्ने कार्यक्रम भइरहेको छ । त्यहाँ रहेका घरबाट १÷१ लाख रुपैयाँ उठाउने गरेका छौं । जम्मा भएको रकम त्यही हाउजिङभित्र रहेको सामुदायिक संस्थालाई बुझाउनेछौं, जुन रकमले त्यहाँ कुनै सामान फेर्नुपरेमा खर्च गर्नुका साथै सेक्युरिटी गार्डलाई त्यसैको ब्याजमार्फत तलब दिने व्यवस्था गरिएको छ ।

 


सीईका हरेक हाउजिङ पहिला नै बुक भइसकेका हुन्छन् । हाम्रा उत्पादन मन परेमा सम्पर्कमा रहन आग्रह गर्दछु । सम्पर्कमा आएकाहरुको नम्बर लिएर राखेका हुन्छौं । र नयाँ प्राजेक्ट ल्याउनेबित्तिकै खबर गर्छौं । सीईले हाल दुईदेखि चार वर्षभित्र घर दिने गरेको छ । अहिले सीईले एक करोड ४० लाखदेखि चार करोड रुपैयाँसम्मका घर बिक्री गर्दै आएको छ । 
 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top