आपूर्ति मन्त्री यादव भन्छन्– कसैको दबाबमा विषादी परीक्षण रोकिएको होइन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २३, साेमबार  
आपूर्ति मन्त्री यादव भन्छन्– कसैको दबाबमा विषादी परीक्षण रोकिएको होइन

काठमाडौं । काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले कसैको दबाबमा तरकारीको विषादी परीक्षण रोकेको नभई गुणस्तरीय प्रयोगशाला निर्माणका लागि केही समयलाई परीक्षण स्थगन गरिएको बताएका छन्  

 

सोमबार बसेको राष्ट्रियसभा बैठकमा विपक्षी दलका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकार कसैसँग नझुक्ने र कसैसँग नलड्ने भएकोले दबाबमा विषादी परीक्षण रोकिएको भन्नु गलत भएको बताए । 

 

उनले छिमेकीसँग मित्रवत व्यवहार गर्न चाहेको उनको भनाई थियो । गुणस्तरीय प्रयोगशाला निर्माणका लागि केही समय तरकारी परीक्षण कार्य रोकेको भन्दै नेपालसँग विषादी परीक्षण गर्ने क्षमता नै नभएकाले यस्तो निर्णय गर्नु परेको बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top