नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २३, साेमबार,०६:४१:PM  
नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु घिमिरे पन्त, काठमाडौँकी सुस्मिता आचार्य, सिन्धुपाल्चोकका जीवन सुनार, सुनसरीका जीवन धामी चौधरी र गोरखाका जाम्बु लामालाई आज पक्राउ गरेको हो ।    
    

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले नक्कली सुनलाई सक्कली भनी ठगी गरेकाले बिस्कुट आकारको नक्कली सुनसहित पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा सुन राखिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।     रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -३ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');