रानीपोखरी बनाउने भक्तपुरे महिला, यसरी बन्दैछ (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असार २४, मङ्गलबार  
रानीपोखरी बनाउने भक्तपुरे महिला, यसरी बन्दैछ (फोटो फिचर)

काठमाडौं । वि.स.२०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त रानी पोखरीको पुनःनिर्माण कार्य धमाधम भइरहेको छ । 


निर्माणाधीन रानीपोखरीमा कामदारका रुपमा अधिकांश महिलाहरु देख्न सकिन्छ । भक्तपुरका ४० जना महिलाहरु निर्माण कार्यमा व्यस्त देखिन्छन् । माटो मुछ्ने, इट्टा बनाउने, बालुवा र सिमेन्ट घोल्नेलगायतका काममा महिलाहरु एक जुट भएर लागिपरेका छन् ।

 

निर्माणमा खटिएका महिलाहरुसँगै केही पुरुषहरु पनि छन् जसले उनीहरुलाई सघाइरहेको देखिन्छ । विभिन्न विवादका कारण पुनःनिर्माणमा ढिलाई भएको रानीपोखरीको निर्माण कार्य काठमाडौं महानगरपालिकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै बनाउन जिम्मा दिएपछि अहिले स्थानीय उपभोक्तामार्फत रानीपोखरी निर्माणको काम भइरहेको छ । 

 

प्राचीन शैली र आकारमै रानी पोखरीको पुनःनिर्माण भइरहेको हो । 


 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top