एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २४, मङ्गलबार,०३:२९:PM  
एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

बेइजिङ । चीनले बौद्धिक सम्पत्तीको अधिकारअन्तर्गत एकल स्वामित्व अधिकारकाे संरक्षणलाई थप मजबुत पार्ने बताएको छ ।    
    

चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ ।    
    

सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार आविष्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशत बढी हो ।    
    

चीनको विश्वप्रसिद्ध टेलिकम कम्पनी हुवावे टेक्नोलोजी कम्पनी लिमिटेडले यस वर्षको पहिलो छ महिनामा दुई हजार ३१४ आविष्कारमा एकल स्वामित्वको अधिकार प्राप्त गरी चिनियाँ मुख्य भूभागमा प्रथम स्थानमा उभिन सफल भएको कम्पनीको दाबी छ । रासस/सिन्ह्वा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');