चेम्बर र चिनियाँ व्यवसायीबीच भेटवार्ता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २४, मङ्गलबार,०५:०४:PM  
चेम्बर र चिनियाँ व्यवसायीबीच भेटवार्ता

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङ प्रान्तका उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।


चीनको नानजिङ प्रान्तका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसँग दुई देशबीच व्यावसायिक आदान प्रदान र नागरिक स्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे छलफल भएको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।


कार्यक्रममा अध्यक्ष सुनारले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न सो प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधि मण्डलले नेपाल सरकारका तर्फबाट व्यावसायिक सुरक्षा र नीतिगत स्पष्टता भए आफूहरु नेपालमा चेम्बरको सहयोगमा पोखरामा लगानी गर्न तयार रहेको बताएका थिए । 


व्यावसायिक प्रतिनिधि मण्डलबीच भएको भेटवार्तामा नेपाल चाइना सङ्घका महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फकी उपाध्यक्ष गीता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोलालगायत कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');