प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, दुवै पक्षका एक/एक जनाको मृत्यु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २५, बुधबार,११:१३:AM  
प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, दुवै पक्षका एक/एक जनाको मृत्यु

भोजपुर । भोजपुरको सदरमुकामस्थित हाट लाग्ने ठाउँमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । 

 

बुधबार बिहान दुई पक्षबीच गोली हानाहानहुँदा एक जना प्रहरी जवान र एकजना विप्लवका कार्यकर्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

प्रहरीका अनुसार बिहान करिब साढे आठ बजेतिर विप्लवका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरीङ गरेपछि सुरु भएको भिडन्तमा दुवै पक्षका एक/एक जनाको मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लवका कार्यकता  निरकुमार राई रहेका छन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

 

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -१ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');