सिद्धार्थ बैङ्क मर्जरमा जान प्रतिबद्ध, नेपाल बङ्गलादेश बैङ्कले भन्यो–आईएफआईसीको बोर्डमा छलफल गर्नुपर्छ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २५, बुधबार  
सिद्धार्थ बैङ्क मर्जरमा जान प्रतिबद्ध, नेपाल बङ्गलादेश बैङ्कले भन्यो–आईएफआईसीको बोर्डमा छलफल गर्नुपर्छ 

काठमाडौं । नेपाल बङ्गलादेश बैङ्कले मर्जरमा जानका लागि विदेशी साझेदारसँग छलफल गर्नुपर्ने जानकारी दिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले मुख्य रणनीतिमा कुनै परिवर्तन नभएको भन्दै मर्जरमा नजाने सङ्केत गरेको छ । यस्तै सिद्धार्थ बैङ्कले मर्जरमा जाने प्रतिबद्धता बुझाएको राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । 

 

नेपाल बङ्गलादेशले मर्जरमा जानका लागि विदेशी साझेदार आईएफआईसीको वोर्डमा छलफल गर्नुपर्ने बुधबार जानकारी दिएको छ । स्ट्याण्डर्ड चार्टर्डले नीतिमा परिवर्तन नभएको भन्नु स्वाभाविक भएको निरौलाको प्रतिक्रिया छ । 

 

बुधबारसम्म २० वाणिज्य बैङ्क, ३ विकास बैङ्क र २ लघुवित्त गरी २५ संस्थाले मर्जरका विषयमा आफनो धारणा राष्ट्र बैङ्कमा बुझाएका छन् । मङ्गलबारसम्म एनएमबी, सनराइज, सिटिजन्स, लक्ष्मी, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी), सानिमा, सिभिल, माछापुच्छ्रे,  सेञ्चुरी कमर्शियल, नेपाल एसबीआई, ग्लोबल आईएमई, जनता, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, हिमालयन कुमारी र  मेगा बैङ्कले मर्जरमा जाने प्रतिबद्धता जनाएका थिए ।  

 

साँग्रिला डेभलपमेन्ट, महालक्ष्मी विकास र सहयोगी विकास बैङ्कले पनि मर्जरमा जान प्रतिवद्धता जनाएका छन् । महिला सहायता लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर समिति बनाएको जानकारी दिएको छ ।  

 

ग्लोबल आईएमई र जनताबीच मर्जरमा जाने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । सिटिजन्सले सहयोगीलाई एक्वायर गर्ने एमओयू भइसकेको छ । 

 

प्राइम कमर्शियल, बैङ्क अफ काठमाण्डू, प्रभु, एभरेष्ट, नबिल, राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कबाट प्रतिबद्धता आएको छैन । प्राइमले राष्ट्र बैङ्कमा मर्जरमा जाने प्रतिबद्धता नबुझाए पनि कन्काइ र कैलाश विकास बैङ्कका साथै ललितपुुर फाइनान्सलाई एक्वाएरका लागि एमओयू गरेको छ ।

 

केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कको संख्या घटाउन मर्जरमा जोड दिए पनि अधिकाँशले क्षेत्रियस्तरको विकास बैङ्कलाई एक्वायर गर्न लागेका छन् । बैङ्कहरुले राष्ट्र बैङ्कमा बुझाएको प्रतिवद्धतामा विदेशी बैङ्कसंग संयुक्त लगानी सम्झौता (ज्वाइन्टभेञ्चर) दोस्रोमा क्षेत्रियस्तरका विकास बैङ्कलाई एक्वायर र अन्तिममा मात्र वाणिज्य बैङ्कबीच मर्जर गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् । 

 

यस्तै विदेशी लगानीको एभरेष्ट र सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कले मर्जरमा जाने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन । ३ ओटा बैङ्क मर्जरमा जान सरकारले निर्णय गर्नुपर्ने हुन्छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top