हिमालयन बैङ्कले साउन २ देखि ३ अर्ब ऋणपत्र निष्कासन गर्दै, १० प्रतिशत ब्याज दिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,१०:४७:AM  
हिमालयन बैङ्कले साउन २ देखि ३ अर्ब ऋणपत्र निष्कासन गर्दै, १० प्रतिशत ब्याज दिने 

काठमाडौं । हिमालयन बैङ्कले साउन २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । लगानीयोग्य पुँजी जुटाउन बैङ्कले प्रतिकित्ता १ हजार अंकित मूल्यको ऋणपत्र निष्कासन गर्न लागेको हो । 

 

ऋणपत्र निष्कासन बन्द छिटोमा साउन ६ र ढिलोमा साउन ३१ गतेलाई तोकिएको छ । न्युनतम २५ देखि ३० लाख कित्तासम्म दिन सकिने बैङ्कले जनाएको छ । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । ७ वर्षपछि ऋणपत्रको रकम फिर्ता हुने छ । 

 

कुल निष्कासनको ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ सर्वसाधारण र १ अर्ब ८० करोड रुपैयाँ संस्थापक लगानीकर्तालाई छुट्टाइएको छ । ऋणपत्रको रकम बैङ्कले कर्जासापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');