एलआईसी नेपालले सेयरधनीलाई ५१ करोड ५१ लाख बोनस सेयर वितरण गर्ने, पुँजी २०१ करोड पुग्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार  
एलआईसी नेपालले सेयरधनीलाई ५१ करोड ५१ लाख बोनस सेयर वितरण गर्ने, पुँजी २०१ करोड पुग्ने 

काठमाडौं । भारतीय लगानीमा सञ्चालित लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) ले सेयरधनीलाई ३४.४६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

 

बोनस सेयर दिने प्रस्ताव पारितका लागि एलआइसीले साउन २४ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ । कम्पनीले ५१ करोड ५१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । 

 

बोनस सेयर वितरणपछि कम्पनीको चुत्तापुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । हाल चुत्तापुँजी १ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ छ । नियामक बिमा समितिले न्युनतम पुँजी २ अर्ब रुपैयाँ तोकेपछि उसले बोनस सेयर वितरण गर्न लागेको हो ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top