ह्युन्डाईले ल्याउँदैछ पानीबाट चल्ने कार, यस्तो छ विशेषता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,०४:४९:PM  
ह्युन्डाईले ल्याउँदैछ पानीबाट चल्ने कार, यस्तो छ विशेषता 

एजेन्सी । विद्युतीय कार ‘कोना’ लन्च गरेको ह्युन्डाई अहिले अत्याधुनिक प्रविधिसम्पन्न कार लन्च गर्ने तयारीमा छ । ग्रीन मोबिलिटीमा एक पाइला अघि बढ्दै कम्पनीले पानी अर्थात् हाइड्रोजनबाट चल्ने पहिलो कार भारतमा लन्च गर्ने तयारी गरिरहेको छ । 

ह्युन्डाईले हाइड्रोजनबाट चल्ने कार ‘नेक्सो’ लन्च गर्ने तयारी सुरु गरिसकेको छ । कम्पनीले भर्खरै ९ जुलाईमा भारतमा पहिलो विद्युतीय एसयूभी कोना लन्च गरेको हो । भारतीय बजारमा २५.३ लाख भारु मूल्य पर्ने कोनाले सिंगल फुल चार्जमा ४५० किलोमिटरसम्मको यात्रा तय गर्छ । 

कम्पनीका अनुसार हाइड्रोजनबाट चल्ने यो कार नेक्सो पहिलेदेखि नै कोरियामा बिक्रीका लागि उपलब्ध छ, र २०२१ सम्म भारतमा लन्च गर्ने अपेक्षा गरिएको छ । 

हाइड्रोजन नेक्सोका बारेमा कुरा गर्दा यसमा पाँचओटा ढोका र पाँच जना यात्री बस्नसक्ने छन् । मध्यम आकारको एसयूभी क्रेटाभन्दा लामो योस्पोर्ट्स युटिलिटी कार हुनेछ । नेक्सोको ग्लोबल भर्जनमा १२० केडब्ल्यूको मोटर राखिएको हुनेछ । यसले १६३ पीएसको पावर दिनेछ । यसको फ्युल ट्याङ्कमा १६३ लिटर हाइड्रोजन भर्न सकिन्छ । 

कोनाको तुलनामा नेक्सोको ड्राइभिङ रेन्ज धेरै राम्रो छ । कोरियामा यसको ड्राइभिङ रेन्ज आठ सय किमिसम्म छ भने भारतजस्तो मुलुकमा हजार किमि हुने बताइएको छ । भारतमा हाइड्रोजनबाट चल्ने गाडीलाई प्रवर्धन गर्न भारत सरकारको जीएसटी काउन्सिलले पनि यसको कर २८ प्रतिशत घटाएर १२ प्रतिशत पुर्याएको छ ।

हाइड्रोजन रङ र गन्ध नभएको ग्याँस हो र यसले रङ नभएको धुँवा फाल्छ । विद्युतीय गाडीहरुको रेन्ज बढाउनका लागि अन्तर्राष्ट्रियस्तरमा फ्युल सेल प्रविधिको प्रयोग भइरहेको छ । धेरै कमर्सियल परियोजनामा यो प्रविधिको प्रयोग गर्ने तयारी सुरु भइसकेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');