एनआईसी एशिया बैङ्क र विराटनगर अस्पतालबीच सम्झौता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार  
एनआईसी एशिया बैङ्क र विराटनगर अस्पतालबीच सम्झौता

एनआईसी एशिया बैङ्क लिमिटेड र विराटनगर अस्पताल प्रालिबीच बैङ्कका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको छ । यसैगरी बैङ्कका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकले अस्पतालका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रदेश १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरे । 

मुलुकभर २८६ शाखा कार्यालय, ३०० एटीएम, ४७ ओटा एक्स्टेन्सन काउन्टर एवम् ४० ओटा शाखारहित बैङ्किङ एकाई भएको एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्क हो । यसका करिब १६ लाख ग्राहक भएको बताइएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top