सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा मेगा क्यापिटल 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,०५:५४:PM  
सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा मेगा क्यापिटल 

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सिंगटीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

 

जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता रहेको छ ।

 

कम्पनीले  तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजना निर्माण भइरहेको छ । आयोजनाबाट आउँदो भदौदेखि बिजुली उत्पादन हुने छ । 

आईपीओ निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा सिंगटीका तर्पmबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदयकान्त झाले हस्ताक्षर गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');