हिमालय एअरलाइन्सले ढाका उडान सुरु गर्दै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,०६:३६:PM  
हिमालय एअरलाइन्सले ढाका उडान सुरु गर्दै

काठमाडौं । हिमालय एयरलाइन्सले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं÷ढाका÷काठमाडौंको सीधा उडान यसै वर्षको साउन ६ गते (जुलाई २२)देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ ओटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालन गरिने बताएको छ । एयरलाइन्सस“ग नया“ एयरबस ३२०–२०० का तीन ओटा जहाज छन् । 

 

व्यावसायिक तथा घुमघामका लागि बङ्गलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नया“ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बङ्गलादेश ठूलो बजार हो, त्यसलाई लक्ष्य गर्दै बङ्गलादेशी पर्यटकलाई नेपालसम्मको पह“ुच यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एयरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धाबी, दमामको नियमित उडानस“गै, ढाकाको नया“ उडानले बङ्गलादेशीसहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।  

 

‘अर्काे एशियाली मुलुक बङ्गलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकामा हामी प्रसन्न छौं । यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउनेमा विश्वस्त छौं । विशेषतः दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउ“दै यस सञ्जालले नेपाल र बङ्गलादेशबीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ र विशेषगरी मध्यपूर्वी मुलुक र बङ्गलादेशबीच पूल बन्दै सेवा प्रवाह गर्नेछ,’ कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

 

एयरलाइन्सले हप्ताका तीन दिन उपयुक्त समयमा ढाका उडान गर्नेछ, जसमा एच नाइन ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने छ । त्यसैगरी, एच नाइन ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रने छ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्म ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्म छुट हुनेछ । एयरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए)का रुपमा नियुक्त गरेको छ । जसले बङ्गलादेशमा यस एयरलाइन्सको प्रतिनिधित्व गरी बिक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकटसम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');