आउदो साउन ३ र ४ गते बाह्रौ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ को तत्वावधानमा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा काठमाडौमा आयोजान हुँदै छ ।
यो प्रतियोगिता हरेक वर्ष हुने गर्दछ । नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी पूरा भईसकेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोगीहुने गरि यसको आयोजना गरिएको हो ।
यस बाह्रौ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता प्रज्ञा भवन, कमलादीमा भव्य रुपले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन गैरहेको छ र सम्पूर्ण दक्षिण एशियाली मुलुकहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी १३० जनाको सहभागिता हुने भएका छन् ।
यस प्रतियोगितामा विश्व तथा एशियाली शारीरिक सुगठन महासंघका अध्यक्ष दातुक पाउल चाउको समेत सहभागिता हुनेछ र खेललाई निष्पक्ष रुपमा संचालन गर्न थाइल्यान्ड शारीरिक सुगठन संघबाट चार जना विश्वस्तरिय निर्णायकहरु समेत सहभागी हुनेछन् ।
नेपालबाट यस बाह्रौ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवं यस विधा अन्र्तगत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरु र ५ अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ । यस खेलको लागि अनुमानित बजेट करीब रु. १ करोड ३६ लाख रहेको छ ।
निकट भविष्यमा यस संघले एशियाली शारीरिक सुगठन प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य लिएको छ । जसमा ४० भन्दा बढी मुलुकका करीब ४५० जनाको सहभागिता रहने अनुमान गरिएको छ ।