एजेन्सी । सन् २०१९ रियलमीका लागि एकदमै व्यस्त वर्ष बनेको छ । मध्य जुलाईसम्म मात्र कम्पनीले भारतमा आफ्ना पाँच ओटा फोन लन्च गरेको छ भने चिनियाँ बजारमा पनि प्रवेश गरेको छ ।
रियलमीले मूल्यका दृष्टिकोणले बजेट फोनहरु लन्च गर्दै आइरहेको छ । यसको पछिल्लो फोन रियलमी थ्री आई पनि यही सेग्मेन्टमा पर्छ । रियलमी थ्री आईको मूल्य भारतमा ७,९९९ रुपैँया छ ।
हेर्दा रियलमी थ्री र रियलमी सी टुको समायोजन जस्तो देखिन्छ यो फोन । रियलमी सी टुको जस्तै ब्याक प्यानल डिजाइन र रियलमी थ्रीको लाइट भर्जन हो यो फोन । यसमा रियलमी थ्रीका जस्तै फिचर छन्, तर थ्रीमा मिडिया टेक हेलियो पी ६० प्रोसेसर प्रयोग गरिएको छ भने थ्री आईमा पी ७० प्रोसेसर प्रयोग गरिएको छ ।
यो फोनको कुरा गर्दा यसमा ६.२ इन्चको एचडी प्लस डिस्प्ले १५२०बाई७२० स्क्रिन रेज्यूलेसन छ । ग्रोरिल्ला ग्लास थ्रीमा हेलियो पी ६० प्रोसेसर, ३र३२ जीबी, ४र६४ जीबी स्टोरेज मोडल, १३ प्लस दुई मेगा पिक्सलका रेयर क्यामेरा १३ मेगापिक्सल्सको एआई सेल्फी क्यामेरा, ४२३० एमएएचको ब्याट्री, कलर ओएस ६.० एन्ड्रोएड पाइ छ ।
रियलमी थ्री आई फोनको ब्याक प्यानल रियलमी सी टुको जस्तै नै छ । अझ कालो र निलो रङ त हेर्दा सी टुको तुलनामा केही फरक नै छैन ।
यो फोनको ब्याक साइडमा फिङ्गरप्रिन्ट सेन्सर छ । बायाँ साइडमा भोल्युम रकर्स र दायाँ साइडमा पावर बटम छ । यस्तै ३.५ एमएमको अडियो ज्याक, माइक्रो यूएसबी पोर्ट र स्प्रिकर ग्रिल सबै बटममा छन् र माथिपट्टि कुनै होल र बटम छैन । २०१९ मा आएका सम्पूर्ण रियलमी फोनका लाइनअपमा सबैको वाटर ड्रप स्टाइल नोच छ । यदि रियलमी थ्री, थ्री प्रो, सी टु र थ्री आई सबैलाई स्क्रिन फर्काएर राख्ने हो भन्ने सबै उस्तै देखिन्छन् कुनै भिन्नता छैन फ्रन्ट स्क्रिनमा ।
यो फोनको डिस्प्लेले राम्रो कलर दिन्छ र यसका भ्यु एङ्गल पनि राम्रो छ । सीधा सूर्यको प्रकाशमा अक्षरहरु स्पष्ट नदेखिने हुँदा यसको ब्राइटनेस लेभल भने खास राम्रो छैन । यसमा नाइट सिल्ड अप्सन छ, जसले स्क्रिनबाट ब्ल्यू लाइट घटाउन काम गर्छ ।
फोनमा डुअल क्यामेरा सेटअप छ । १३ मेगापिक्सल्सको प्राइमेरी सेन्सर, १.८ को अपर्चर र दुई मेगापिक्सलको डेप्थ सेन्सर छ । यो फोनले खुला ठाउँमा फोटो खिच्दा सही मात्रामा कलर र ब्राइटनेस दिन्छ । तर तस्बिरले धेरै विवरण बोक्दैन । यसको एक्सपोजन लेभल खास राम्रो छैन र डाइनामिक रेन्ज पनि ठिक्कको मात्र छ । घरभित्रको इन्डोर फोटोमा क्रृत्रिम लाइटमा धेरै न्वाइज आउँछ र लो लाइट सटहरु राम्रा छैनन् ।
यसको क्यामेरा एपमा क्रोमा बुस्ट मोड छ, तर यसले रियलमी प्रोले जस्तो काम गर्दैन । क्रोमा बुस्ट दृश्यको पहिचान गर्न र असल डाइनामिक रेन्ज, विस्तृत विवरण र सन्तुलित एक्सपोजर लेभलका लागि सटलाई अप्टिमाइज गर्ने काम गर्छ । यसले इमेजलाई सार्प त बनाउँछ, तर यसमा एक प्रकारको ओभरल्याप इफेक्ट हुन्छ । कहिलेकाहीँ यो क्रोमा बुस्ट मोडले सबै कुरालाई सन्तुलित र राम्रो बनाउन काम गर्छ, तर अधिकांश समयमा यसले राम्रो गर्दैन र यो मोडलाई बन्द गरेकै ठिक हुन्छ ।
रियलमी थ्री आईको १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा एकदमै राम्रो छ । यसमा सही कलर, कन्ट्रास्ट र डिटेल आउँछ र छालाको रङ र टोन पनि प्राकृतिक नै देखिन्छ । तर यसले राम्ररी काम गर्न सही प्रकाशको आवश्यकता पर्छ । धेरै वा थोरै लाइट भएको खण्डमा तस्बिर एकदमै चिप्पी देखिन्छ । क्रृत्रिम लाइटमा यसले फोटोको ससाना डिटेल गुमाउँछ ।
मिडिया टेक हेलियो पी ६० प्रोसेसरबाट पावर गरिएको यो फोन एकदमै राम्ररी बिना रोकटोक चल्छ । सामान्य मोबाइल गेम सबवे सर्फर, वोरियर लिजेन्ड र ग्राफिक ठूला गेम पब्जी पनि यसले राम्ररी ह्यान्डल गर्न सक्छ ।
यसको फेस अनलक र फिङ्गरप्रिन्ट सेन्सर एकदमै राम्रो छ । फिङ्गरप्रिन्ट सेन्सर एकदमै छिटो चल्छ र यसले मार्कलाई राम्ररी पहिचान गर्न छ । यस्तै फेस अनलक पनि उत्तिकै राम्रो र छिटो छ । लक स्क्रिन वालपेपर देखा पर्नुअघि नै यसले अनुहारलाई पहिचान गरी अनलक हुन्छ ।
रियलमी थ्रीले राम्रो स्क्रिन र क्यामेरा दिन नसके पनि यसमा राम्रो ब्याक प्यानल, सामान्यभन्दा राम्रो पर्फफमेन्स र ब्याट्री ब्याकअपको प्याकेज छ । आठ हजार भारुभन्दा कम मूल्यका मोबाइल फोन चाहनेहरुका लागि यसको अलराउन्ड परफर्मेन्स एकदमै राम्रो छ ।