जातीय सद्भाव र एकतामा काम गर्छु : मिसेस गुरुङ रविता 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन ६, साेमबार,०५:३०:PM  
जातीय सद्भाव र एकतामा काम गर्छु : मिसेस गुरुङ रविता 

पोखरा । तेस्रो हिरो मिसेस गुरुङ प्रतियोगिताकी विजेता रविता गुरुङले जातीय एकतालाई जोड दिएर सामाजिक सद्भावका लागि काम गर्ने बताएकी छन् । 

विवाहित गुरुङ महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितको उपाधि हात पार्दै २८ वर्षीया गुरुङले भनिन्, ‘विभिन्न समयमा हुने यस्ता कार्यक्रमले जातजाति भाषाभाषीको रहन सहन र संस्कृतिको अध्ययन अवलोकन र संरक्षण गर्ने प्रेरणा दिन्छ ।’ ‘नेपाल बहुजाति बहुभाषी र बहुसांस्कृतिक पक्षले सिँगारिएको छ र यसको महत्त्व र महिमालाई जोगाउने सकारात्मक सन्देस प्रवाह गर्ने दायित्व अब हाम्रो पुस्ताको पनि हो,’ गुरुङले भनिन्, ‘मैले यो ताज जितें अब जातीय एकतालाई जोड दिएर सामाजिक सद्भावका लागि काम गर्छु । नयाँ पुस्तालाई गुरुङ संस्कृतिका बारेमा सिकाउँछु ।’

झट्ट हेर्दा बाहिरी रुपको विज्ञापन जस्तो ठानिए पनि यस्ता प्रतियोगिताले व्यक्तित्व र नेतृत्व विकाससँंगै बौद्धिक ज्ञान बढाउन सहयोग पुर्याउने उनको भनाइ छ । आफूले प्रतियोगितामा भाग लिएर उपाधि हात पार्ने बेलासम्म धेरै कुरा सिकेको र त्यसले आत्मविश्वास बढाएको उनको भनाइ थियो । 

पोखरामा हालै सम्पन्न तेस्रो हिरो मिसेस गुरुङ प्रतियोगितामा ११ जना विवाहिता गुरुङ महिला अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । झन्डै डेढ महिना व्यक्तित्व र नेतृत्व विकासका साथै जातीय गाउँहरुको होमस्टेको अध्ययन अवलोकन, जातीय पहिचानको महत्त्वका बारेमा तालिम प्रदान गरिएको कार्यक्रमका प्रबन्ध निर्देशक पवि गुरुङले बताए । ‘गुरुङ समुदायका महिला अझै पनि घरबाहिर घुलमिल हुन र आफ्नो क्षमता देखाउन सकिरहेका छैनन्, उनीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन र समाजमा सहज रुपमा आफ्नो उपस्थिति जनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं,’ निर्देशक गुरुङले भने । 

विजेतालाई हिरो स्कुटर र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगिताको फष्ट रनर–अप सम्झना गुरुङ र सेकेन्ड रनर–अप तनु गुरुङ भएका थिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -४ बाट थप

Top